काठमाडौं । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जुन मानिसहरूले विश्वास गर्न गाह्रो हुन्छ । एउटा यस्तो अनौठो ठाउँ छ जहाँ ७० वर्षसम्म कुनै पनि मानिसको मृत्यु भएको छैन ।

यो सुन्दा दुनियाँ नै चकित बनिरहेको छ । किनकी यो सत्य हो । यो अनौठो ठाउँमा ७० वर्षसम्म कसैको पनि मृत्यु भएको छैन यो अनौठो ठाउँ नर्वेमा छ ।

यहाँ धेरै सुन्दर ठाउँहरू छन, जसको कारण विश्वको प्रसिद्ध पर्यटक स्थलहरूमा समावेश छ । नर्वेको यो ठाउँको नाम ‘लङ इरबेन’ हो । यो ठाउँमा कोही मर्दैनन् ।

नर्वेलाई मिडनाइट सन पनि भनिन्छ । यहाँ मे महिनादेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यहाँ ७६ दिन लगातार दिन हुन्छ, रात हुँदैन ।

लङ इरबेनमा यहाँको प्रशासनले कानून बनाएको छ, जसका कारण यहाँ मानिस मर्न सक्दैनन् । नर्वेको उत्तरी ध्रुवमा अवस्थित लङ इरबेनमा वर्षैभरि अत्यधिक चिसो हुन्छ, जसका कारण यहाँ शव कुहिँदैन ।

यहाँको प्रशासनले मानिस मर्न प्रतिबन्ध लगाएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने यो सहरमा ७० वर्षदेखि कोही पनि मरेका छैनन् ।

यस सहरको जनसङ्ख्या करिब २००० छ । यहाँ कोही बिरामी परेमा विमानबाट अर्को ठाउँमा लगिन्छ । त्यसपछि सोही ठाउँमा मृत्युपछि त्यस व्यक्तिको अन्तिम संस्कार गरिन्छ । त्यहाँ मर्न नै नदिएका कारण अहिलेसम्म कसैको मृत्यु नै भएको छैन ।

 

सम्बन्धित खबरहरु