काठमाडौं । भारत, महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी अमृता फडणवीसको एक भिडियोलाई झण्डै ५ करोडले हेरेका छन् । दुई सातापहिले उनको नयाँ गीत सार्वजनिक भएको थियो ।

गीतको शब्द ‘मुड बना लिया’ रहेको छ । त्यसमा अमृताको नृत्यसँगै नयाँ अवतारलाई पनि मानिसहरुले निकै रुचाएका छन् । अमृता फडणवीसको यो गीतलाई युट्युबमा अहिलेसम्म झण्डै ५ करोड पटक हेरिएको छ ।

मीट ब्रदर्ससँगको गीतको टिजर रिलिज गर्दै अमृताले यो वर्षको सबैभन्दा ठूलो ब्याचलर गीत हुने दाबी गरेकी थिइन् ।

तपाईंलाई जानकारी गराउँ कि अमृता फडणवीस बैंकर हुनुका साथै गायिका र सामाजिक कार्यकर्ता पनि हुन् । तर गीतमा उनको नृत्यले उनको अर्को प्रतिभालाई पनि बाहिर ल्याएको छ ।

सम्बन्धित खबरहरु