काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री सुवेक्षा खड्काले इन्गेजमेन्ट गर्नुभएको छ । उहाँले आफ्नो प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गर्नुभएको हो । काठमाडौंको एक होटलमा परिवार र नजिकका साथीबीच दुवैले इन्गेजमेन्ट गरेको परिवारले जानकारी गरायो ।

सो समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, अभिनेत्री सन्ध्या केसीलगायत उपस्थित हुनुहुन्थ्यो । केही समयअघि आश्वासनले चितवनमा सुवेक्षालाई औंठी लगाउँदै विवाहको प्रस्ताव गर्नुभएको थियो ।

यसैवर्ष दुईको विवाह हुँदैछ । सुवेक्षाले ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्नुभएको थियो ।  तर फिल्म बक्स अफिसमा खास चल्न सकेन् । अभिनेता सुशील सिटौलाले रणवीरको भूमिका निभाउँदा सुवेक्षा प्रिया बनेकी थिइन् । उहाँ गोविन्द सिंह भण्डारीले निर्देशन गरेको आगामी फिल्म ‘प्रेमा’ मा देखिनुहुनेछ, जुन चैत्र ४ गतेदेखि प्रदर्शनमा आउन लागेको छ ।

सम्बन्धित खबरहरु