काठमाडौं । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव डिस्चार्ज हुनुभएको छ ।
वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।
पुन-डिस्चार्ज.
माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौँ ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।
विदेशबाट फर्केर मौरीपालनमा भागीमान
जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्र्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थाल्नुभएको छ ।
रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गर्नुभएका उहाँ यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहनुभएको छ । खाडी मुलुकमा काम गर्दा औसत मासिक रू ३० हजार कमाउनुहुने उहाँले अहिले भने मासिक औसतमा रू २५ हजार कमाइरहेको बताउनुभयो । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उहाँ स्वदेश फर्किएर कृषि कर्ममा लाग्नुभएको हो ।
उहाँ भन्नुहुुन्छ, “घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी रू तीन लाखको हारहारीमा भइरहेको छ ।” विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उहाँको भनाइ छ ।
“पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो”, भागीमानले भन्नुभयो, “सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।” विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उहाँको भनाइ छ । भागीमानले सेराना जातको मौरी पाल्नुभएको छ ।
भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आउनुभएको छ । सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् ।  बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रू २० हजार आम्दानी भइरहेको उहाँको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ । रासस

सम्बन्धित खबरहरु