काठमाडौं । लण्डनको प्रशासनले सार्वजनिक स्थानमा पिसाब गर्न नदिनका लागि नयाँ कदम चालेको छ । सार्वजनिक स्थानमा पिसाब फेर्नबाट रोक्नका लागि अनौठो उपाय पत्ता लगाएको हो । त्यहाँका भित्ताहरूमा विशेष एन्टी–पि पेन्ट लगाइएको छ ।

यस्तो रंग जसमा पानी रोकिँदैन । पानी निस्केर बाहिर आउँछ । यसको अर्थ कसैले उक्त भित्तामा पिसाब फेर्न खोज्यो भने पिसाब भित्तामा ठोक्किन्छ उसैमाथि खस्छ । यो विशेष पेन्ट लण्डनको सोहोमा करिब एक दर्जन स्थानमा लगाइँदैछ ।

बारहरू, रेस्टुरेन्टहरू, थिएटरहरू र सार्वजनिक ठाउँहरू जहाँ मानिसहरू सामान्यतया पिसाब गर्छन् । आइचा लेस मिडियासँग कुरा गर्दै स्थानीय पार्षदले यो पेन्ट साँच्चै धेरै प्रभावकारी भएको भन्दै आरोपितलाई पाठ सिकाउन पर्याप्त रहेको बताएका छन् । यो एक सुपरहाइड्रोफोबिक तरल पदार्थ हो । हेर्दा पारदर्शी देखिन्छ । तरल पदार्थलाई पानीको एक थोपा पनि रोकिन नसक्ने गरी बनाइएको छ ।

पेन्टले वाटर रिपेलेन्ट लेयर बनाउँछ, जसले गर्दा पिसाब गर्ने व्यक्तितर्फ फिर्ता हुन्छ र भिज्छ । अब, पक्कै पनि उक्त भित्तामा पिसाब गर्नु अघि व्यक्तिले धेरै पटक सोच्नुपर्छ । यो पेन्ट फुटपाथ र भित्ताबाट पिसाब सफा गर्ने लागत भन्दा धेरै सस्तो छ । जानकारी अनुसार, हरेक पेन्ट जस्तै, यसमा पनि नियमित लगाउन आवश्यक हुन्छ ।

कम्तिमा एक वर्षमा एकपटक लगाउनुपर्छ । केही भिडियो पनि आएका छन् । लण्डनमा पेन्टसँगै भित्तामा क्यूआर कोड पनि लगाउने तयारी छ । स्क्यानिङले नजिकैको सार्वजनिक शौचालयहरू फेला पार्न मद्दत गर्नेछ । एनडीटीभीका अनुसार सडकमा पिसाब गर्ने व्यक्तिहरूलाई काउन्सिल इन्स्पेक्टरहरूले समाते भने १५० पाउण्ड जरिवाना तिराउने खत्तरा हुन्छ ।

बीबीसीका अनुसार लण्डनको ह्याकनीमा सार्वजनिक स्थानमा पिसाबबाट निस्कने फोहोर सफा गर्न प्रत्येक वर्ष करिब १ लाख पाउण्ड खर्च हुने गरेको छ । यसअघि अमेरिकाको सान फ्रान्सिस्कोमा सार्वजनिक स्थानमा मानिसलाई पिसाब गर्नबाट रोक्न यो पेन्ट प्रयोग गरिएको थियो ।

सम्बन्धित खबरहरु