सेन्चुरी कमर्शियल बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनसपछि २५ प्रतिशत हकप्रद शेयर पनि दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

बैंकले आगामी फागुन २८ गते चौथो साधारणसभा आब्हान गर्दै बोनसपछि हकप्रद पनि लैजाने जनाएको हो । बैंकले ३.४७ रुपैयाँ नगद लाभांश पनि लगानीकर्तालाई दिने प्रस्ताव गरेको छ ।

century bank

 साधारणसभा प्रयोजनका लागि माघ २८ गतेदेखि बैंकको शेयरधनी दर्ता किताव बन्द हुने जनाईएको छ ।

सेन्चुरीले गत आर्थिक बर्षमा १३ करोड ९५ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी ७ रुपैयाँ कायम गरेको थियो । बैंकले जगेडा कोष समेत उपयोग गरी लाभांश प्रस्ताव गरेको हो । बोनस र हकप्रद पछि बैंकको चुक्ता पूँजी २ अर्ब ६५ करोड नाघ्ने छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ पुगेको छ ।

हकप्रद शेयरको सूचना बजारमा चुहिएपछि केही दिन यता सेन्चुरीको शेयर मूल्य बढ्नुका साथै ठूलो रकमको कारोबार हुँदै आएको थियो । मंगलबार नेपाल स्टक एक्सचेन्जले सूचना गरेपछि यसको शेयर मूल्य बढ्न नसके पनि सर्वाधिक बढी रकमको कारोबार भयो ।

सम्बन्धित खबरहरु