काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले लभ मधेससँग गर्नु भो, लिभिङ टुगेदर कांग्रेस र एमालेसँग लगनगाँठो कस्नु भो भन्ने विषय उठेको छ ।

जनता समाजवादी पार्टीका नेता राज किशोर यादवले प्रधानमन्त्री प्रचण्डको व्यवहारप्रति चित्त दुखाउँदै यसो भन्नुभएको हो ।

आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको उहाँको गुनासो थियो ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै जसपा सांसद यादवले प्रचण्डले पटक–पटक मधेससँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेको बताउनुभयो । प्रचण्डले केही समयअघि मधेससँग अझै ‘लभ’ छ, बरु भिलेनको डर छ भन्नुभएको थियो । त्यही विषय यादवले उठाउनुभयो ।

यादवले भन्नुभयो– प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो ।

उहाँले थारु र मधेसीलाई दिएको आश्वासन र लडाइमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताउनुभयो । उहाँले संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्न आग्रह समेत गर्नुभयो ।

हिजो मधेसी भेटे तपाईका लागि हामी छौ, दलित भटे तपाईका लागि हामी मात्र हौ र जनजाति भेटे तपाईलाई अधिकार दिने माओवादी मात्र हो भन्ने प्रचण्डले अहिले प्रचण्ड त्यागेर पुष्पकमल बनेको तर्क समेत गर्नुभयो ।

 

सम्बन्धित खबरहरु