काठमाडौं । राष्ट्रिय स्वतन्‍त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित हुनुभएको छ ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्‍त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो।

उहाँले १६६ मत प्राप्त गर्नुभयो । उहाँ सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार हुनुहुन्छ । २६४ जना सांसद उपस्थित रहेको आजको बैठकमा मत विभाजन गरिएको थियो । जसमध्ये ९७ जना सांसदले उहाँको विपक्षमा मत दिनुभयो ।

एक सांसदले भने मत दिनुभएन । उपसभामुखमा निर्वाचित भएपछि सांसदहरूले उहाँलाई खादा माला लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।

इन्दिरा रानामगरको ‘जुनियर नोवेल पुरस्कार अनररी अवार्ड’देखि उपसभामुखसम्मको यात्रा

सम्बन्धित खबरहरु