एजेन्सी। दुनियाँमा दैनिक रुपमा अनेक घटना भइरहेका हुन्छन् । हामी यस्तै केही रोचक घटनाहरु प्रस्तुत गर्ने गर्दछौ ।

हालै एक बेहुलीले ब्युटी पार्लरमा गएर आफ्नो बिहेका लागि ५० हजारभन्दा बढीको मेकअप गराए पैसा नतिरी भागेपछि चर्चा सर्वत्र छ।

यो घटना बेलायतको योर्क शहरमा भएको हो। जहाँ यी चतुर बेहुलीले ब्युटी पार्लरकी युवतीलाई मेकअप गराएपछि पागल बनाइन् । बेहुलीले आफ्नो र बहिनीको मेकअप पार्लरमा गराएकी थिइन ।

ब्युटीपार्लर चलाउने शार्लोट ब्रिजेसले सेप्टेम्बर २८ मा एक युवतीबाट मोबाइलमा मेसेज आउँछ। मेसेजमा आफ्नो छिटै बिहे हुने र तुरुन्तै मेकअप गर्नुपर्ने लेखेको हुन्छ।

ब्युटीपार्लरसंचालिका शार्लोटले उनका लागि मेकअप गरिदिने निधो गरिन। उनले करिब २ घण्टासम्म बेहुली सिङ्गार मेकअप गरिन्। मेकअप गर्न आएकी यी महिलासँगै उनकी बहिनी पनि थिइन् ।

बेहुलीको मेकअप पुरा भएपछी उनले पैसा कारमै छुटेको भन्दै पैसा लिन कार भएतिर लागिन्। उता दिदीको प्रतीक्षामा बसेकी बहिनि दिदि केही बेर सम्म पनि नआएपछि बहिनी भेट्न गइन् र दुवै जना पैसा नदिई त्यहाँबाट भागे ।

ब्युटीपार्लरका मालिक शार्लोटले योर्कशायर प्रहरीलाई घटनाबारे जानकारी गराएकी गराईसकेकी छिन् ।

सिसिटिभी उपलब्ध नभएको उक्त ठाउँमा ब्युटीपार्लर संचालिकाले मेकअप गर्नुपूर्व त्यी दुलहीको फोटो लिएकी थिइन ताकि मेकअप पश्चात कस्तो देखिन्छिन भनेर उनैलाई देखाउन सकियोस। प्रहरीले अहिले त्यी फोटोहरुका आधारमा दुलहीका दिदीबहिनीलाई खोजिरहेको छ।

सम्बन्धित खबरहरु