काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले ८३औँ पटक रक्तदान गर्नुभएको हो ।

राप्रपाका अध्यक्षसमेत रहनुभएका लिङ्देनले आफू किशोरावस्थादेखि रक्तदान गर्न थालेको बताउँदै नजिकमा रक्तदान कार्यक्रम देखेपछि समारोहस्थलमा प्रवेश गरेर रक्तदान गरेको स्मरण गर्नुभयो । रगतको आवश्यक पर्ने बिरामीलाई जीवन भर्न रक्तदाताको कार्यले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

युवा सङ्गठनका संयोजक राजेश भट्टराईले सामाजिक उतरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्र सहभागी हुनुभएको कार्यक्रममा अध्यक्ष लिङ्देनले हालसम्म १७२औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्नुभयो । (रासस)

रुप फेर्ने नाममा थप अस्तव्यस्त बन्दै पोखराको न्यूरोड
पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड ।

पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक । सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ ।

चाक्लो सडकमा चालकले सवारी नियम, तथा लेनको ख्याल नै नगरी ‘ओभरटेक’ र सवारी ‘क्रस’ गर्न भ्याउछन् । जसले गर्दा साना, ठूला सवारी दुर्घटना बढिरहेका छन् । सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो ट्राफिक प्रहरी ।

ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ‘ट्राफिक लाइट’ राख्ने योजना अघि बढाए अनुरुप ‘ट्राफिक लाइट’ का लागि पोलसँगै ‘डिभाइडर’ राख्ने काम सुरु भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

करिब तीन महिनामा सक्ने गरी सभागृहचोकदेखि बिपीचोकसम्म गार्डेनिङसहितको डिभाइरमा सडकबत्ती राख्ने काम सुरु गरेको जानकारी दिनुहुदै यसले सडक दुर्घटनामा पनि कमी आउने आचार्यले बताउनुभयो ।

महानगरले बत्ती सहितको डिभाईडर काम गरिहेकाले काम सकिएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो । “हामीले आवश्यक ठाउँमा मात्र क्रसिङ दिएका छौँ । यसले चालकलाई कहाँबाट दाहिने, देब्रे गर्ने, कहाँबाट यू टर्न गर्ने भन्नेमा सचेत गराउँछ”, शाहले भन्नुभयो ।

तर पछिल्लो समय सुन्दरता बढाउन र सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेको काममा ढिलासुस्ती हुँदा सहर थप अस्तव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन् ।

डिभाइडर र सडकबत्ती राख्ने काम छुट्टाछुट्टै कम्पनीले गरिहेका छन् । सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ । डिभाइडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोको सास्ती भोग्नुपरेको न्यूरोडका व्यवसायी रमेश ठकुरीले बताउनुभयो ।

पोखरा महानगरका इञ्जिनीयर सुरेन्द्रले पौडेलले खरिद नियमावलीअनुसार यो आयोजनाका लागि वैशाखको ३० गतेसम्म म्याद भएको जानकारी दिनुभयो । उहाँका अनुसार काम तिव्र गतिमा नै भइरहेको छ ।

पिच सडकमा मिलाएर कटिङ गर्नुपर्ने भएकाकारण पनि निर्माण कार्य ढिला भएको हुनसक्ने उहाँले बताउनुभयो । निर्माण कम्पनीले डोरी वा ट्राफिक कोन राखेर काम गरिरहेको बताउनुभयो । उहाँले निर्माण कार्य निर्धारित समयसिमा भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेकाले समयमा नै काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

सम्बन्धित खबरहरु