अर्जुन दाहाल

ए आँखाको नानीमा आएर बसेका,
र खस्न प्रयासरत आँसुका थोपाहरू !

किन खस्न चाहन्छौ,
तिमी खस्दा,
म छोरा मान्छेको इज्जत जान्छ,
देख्नेलाई हाँसो हुन्छ,
बुझ्नेलाई रमिता हुन्छ,
नबुझ्नेलाई चासो हुन्छ,
अनि मलाई गलाको पासो हुन्छ,
त्यसैले ए आँशुका थोपाहरू !
आँखामानै लुकेर बस !!

सम्बन्धित खबरहरु