काठमाडौं । बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको साढे दुई वर्ष पूरा भएको छ ।

आज पनि सुशान्तका फ्यान फलोइङ धेरै छन् । उनका फ्यानहरूले सामाजिक सञ्जालमा सुशान्तसँग सम्बन्धित पोस्टहरू सेयर गरिरहन्छन्। अब सुशान्तको घरपालुवा कुकुर फजले पनि यो संसार छोडेको खबर आइरहेको छ ।

यो जानकारी सुशान्तकी बहिनी प्रियंका सिंहले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । हालै सुशान्तकी बहिनी प्रियंकाले आफ्नो पाल्तु कुकुरको मृत्युको खबर सामाजिक सञ्जालमा सेयर गरेर फ्यानहरूलाई अर्को झट्का दिएकी छिन् ।

सुशान्तको घरपालुवा कुकुरको मृत्यु
प्रियंकाले ट्वीटरमा पेट डग फजका दुई तस्बिर सेयर गरेकी छिन् । यी मध्ये एकमा सुशान्तले फजलाई मायापूर्वक समातिरहेका छन्। दोस्रो तस्बिरमा प्रियंका सुतिरहेको फजसँग मुस्कुराइरहेकी छिन् ।

यी तस्बिरहरूसँग प्रियंकाले क्याप्सनमा लेखेकी छिन्, फज लामो समयदेखि हामीसँग थियो । अब यो सन्सार छोडेको छ । सबैजना एक दिन त्यहाँ जानुपर्छ, तर अहिलेको लागि मन धेरै दुखी छ।

प्रियंकाको ट्विट लगत्तै सुशान्तका धेरै फ्यानहरूले फजको मृत्युमा शोक व्यक्त गरे। एक प्रयोगकर्ताले लेखे, कृपया बलियो रहनुहोस्, मैले के भन्ने बोल्न सकिरहेको छैन । अत्यन्तै हृदयविदारक खबर जस्ता कमेण्टहरु गरिरहेका छन् ।

सुशान्तसँग फजको फोटो
जबकि अर्को प्रयोगकर्ताले लेखे, केही भन्नु छैन, यो हामी सबैका लागि अत्यन्तै हृदयविदारक समाचार हो । तर उनी सुशान्तको सच्चा साथी हुन् र उनीसँग सधैं खुशीसाथ जीवन बिताउन गयो ।

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘म कति टुटेको छु, म व्यक्त गर्न सक्दिनँ । यो खबरले फेरि मेरो मनलाई लाखौं टुक्रा पारिदियो। गत वर्ष डिसेम्बरमा कूपर अस्पतालका एक कर्मचारीले सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरेका थिए ।

त्यसयता अभिनेता शेखर सुमनलगायत कैयौँ कलाकारले मृत्यु प्रकरणलाई पुनः खोल्न माग गरेका छन् । यसपछि सुशान्तकी बहिनीले पनि फ्यानसँग सुशान्तका लागि न्यायको अपिल गरेकी छिन् ।

सम्बन्धित खबरहरु