काठमाडौं । मंगलबार दिउँसो सङ्घीय संसद् अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५ः०० बजे निधन भएको हो । डा. किरण नकर्मीले यसबारे जानकारी दिनुभयो ।

उहाँका अनुसार आचार्यलाई बचाउन सकिएन । ८० प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए ।

मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका थिए । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा गएकी थिइन् ।

यो पनि, आत्मदाहको प्रयासअघि प्रेमप्रसादले लेखेको फेसबुक स्टाटस, भाटभटेनीसहित सबैको कर्तुत खुल्यो

सम्बन्धित खबरहरु