नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) जारी मिति: २०७९/१०/११ गते बिहान ०६ː०० बजे

मौसम विश्लेषण (Meteorological Analysis) : हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

२०७९ माघ ११ गते (बुधवार) दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː लुम्बिनी प्रदेश , गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ माघ १२ गते (बिहीबार) दिउँसोː प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ माघ १३ गते (शुक्रवार) दिउँसोː प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours): सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित खबरहरु