काठमाडौं । जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् ।

नागासाकीस्थित चिनियाँ महावाणिज्य दूतावासले बुधबार दिएको जानकारीअनुसार हङकङमा दर्ता भएको कार्गो जहाजमा १४ चिनियाँसहित र म्यानमारका आठ चालक दलका सदस्य थिए ।

छ हजार हजार छसय ५१ टन क्षमताको जहाजमा २२ जना सवार थिए । जापानको तटरक्षक बलले डान्जो टापुबाट करिब ११० किलोमिटर पश्चिममा मङ्गलबार राति ११ः१५ बजे आपतकालीन फोन आएको जनाएको छ ।

गस्ती डुङ्गा र विमानहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् र उनीहरू लाईफबोटमा तैरिरहेको हुनसक्ने आशा गरिएको छ । सामुद्रिक गार्डले भने डुबेको मालवाहक जहाजको आसपासमा शक्तिशाली हावाहुरीका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ ।

चार जना चिनियाँ र एक जना म्यान्मारका गरी चालक दलका पाँच जना सदस्यलाई सकुशल उद्धार गरिएको महावाणिज्य दूतावासले जनाएको छ । म्यान्मारका चालक दलका एक सदस्यको मृत्यु भएको पुष्टि भएको छ भने अन्य सात जना बेहोस रहेका र उनीहरूको उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित खबरहरु