काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग बिहेको तयारी गरेकी छिन् ।

बिहेका लागि इन्गेजमेन्ट भएको हो । काठमाडौंको एक होटलमा आयोजित समारोहमा यी दुईले टीकाटालो गरेकी हुन् । गत महिना आश्वासनले चितवनको एक जमघटमा शुभेच्छालाई विवाह प्रस्ताव राख्दै रिङ लगाइदिएका थिए ।

गत महिना शुभेच्छालाई विवाह प्रस्ताव राख्दै रिङ लगाइदिएका तस्विर बाहिर आएका थिए । टीकाटालो समारोहमा दुवै पक्षका परिवार र आफन्तसहित केही सेलिब्रिटी उपस्थित थिए ।

पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पनि सहभागी थिए । शुभेच्छा र आश्वासन दुई वर्षयता प्रेम सम्बन्धमा थिए । यसैवर्ष विवाह गर्ने उनीहरुको तयारी रहेको जनाइएको छ ।

तस्विरमा यो जोडी निकै तस्विर भाइरल बनेका छन् । फिलमी शैलीमा प्रेम प्रस्ताब राखेपछि यो जोडीलाई धेरैले बधाइ दिएका थिए । इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवार र आफन्तसहित केही सेलिब्रिटी उपस्थित थिए । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पनि सहभागी थिए ।

यो जोडी बिगत दुई वर्षदेखी प्रेममा रहेको थियो । ‘रणवीर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी शुभेच्छा टेलिभिजन पर्सनालिटी समेत हुन् ।

उनको आगामी फिल्म ‘प्रेमा’ चैत ४ गते प्रदर्शन हुने तयारीमा छ । शुभेच्छा र आश्वासनलाई फेसन, चलचित्र, संगीतका सेलिब्रिटीले बधाई तथा शुभकामना दिइरहेका छन् ।

सम्बन्धित खबरहरु