Malaika Arora : काठमाडौं । अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको सम्बन्ध ५ वर्ष बितिसकेको छ ।

यसैबीच, यी दुईको सम्बन्ध यति मीठो बनेको छ कि उनीहरुलाई अलग गर्न गाह्रो छ । तर, मलाइका र अर्जुनको सम्बन्धबाट अर्जुनको परिवार खुशी छैन ।

यद्यपि अर्जुन कपुरले मलाइकासँग आफ्नो जीवन बिताउने वाचा गरेका छन् । मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् । यति हुँदाहुँदै पनि दुवै एक अर्का अति नै नजिक छन् । एक अन्तर्वार्तामा अभिनेत्रीले अर्जुन कपूरसँगको आफ्नो पहिलो रातको कथा सुनाएकी छिन् ।

मलाइका अरोरा र अरबाज खानले २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । अरबाज खान सलमान खानका भाइ हुन् । डिभोर्सपछि अभिनेत्री मलाइका अर्जुन कपुरसँग बस्न थालेकी छिन् ।

मिडियाको नजरबाट जोगिन दुवैले एकअर्कालाई भेटिरहेको कुरा खुलाउदैनन् । तर दुबैले आफ्नो सम्बन्धलाई मिडियाको नजरबाट लुकाउन सकेनन् र आफ्नो सम्बन्धलाई अफिसियल बनाए ।

अभिनेत्रीले अन्तर्वार्तामा भनिन्, ‘जब उनले अर्जुन कपूरसँग पहिलो रात बिताइन्, उनी निकै खुशी थिइन् । किनकी हामीले आफ्नो सम्बन्धको बारेमा सबैलाई स्पष्टसँग भनिसकेका थियौं यसैले म रात विताउन कुनै संकोच मानेकी थिइन उनले भनेकी छिन् ।

अभिनेत्रीले भनिन् कि हामीले त्यो रात धेरै कुरा गर्यौं। अर्जुनले मलाई सम्बन्धलाई दोस्रो मौका पनि दिनु पर्ने बताए । सम्बन्ध विच्छेदपछि मानिस सकिदैन नयाँ बनाउनुपर्छ भन्ने उनैले बुझाए मलाइकाले भनिन् ।

मलाइकाले भनिन् कि १२ वर्ष ठूलो भएका कारण आफू र अर्जुनलाई धेरै ट्रोल गरिएको छ । यति हुँदाहुँदै पनि अर्जुनले भने कि कसले के भन्दै छ त्यसमा ध्यान नदिनु, आफ्नो काममा ध्यान दिनु ।

मलाइकाले भनिन्, ‘बरु मलाई निक्कै निन्द्रा लाग्थ्यो तर अर्जुनले कुरा गरौँ भनेर बारम्बार झक्झकाइ रहे । हामी त्यो रात सुत्नै सकेनौं । खाटमा उसले मलाई काखमा लिएर बसिरह्यो मलाइकाले भनिन् । त्यो रात मेरो लागि सबैभन्दा रमाइलो र भुल्नै नसक्ने छ उनले भनिन् ।

 

सम्बन्धित खबरहरु