काठमाडौं । निवर्तमान सभामुख अग्नि सापकोटा फेरि सक्रिय राजनीतिमा आउनुभएको छ ।

नयाँ पुस्तालाई अवसर दिन आफू सक्रिय राजनीतिमा नरहने घोषणा गरेको केही महिनामा नै उहाँ फेरि मुलधारको राजनीतिमा फर्किनुभएको हो ।

सत्तारुढ दल दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नै सहभागी भएर उहाँले पदमा बसेर काम गर्ने तयारी गर्नुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी हुनुभएको छ ।

नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी हुनुभएको हो ।

यसअघि सभामुख रहनुभएका कारण उहाँ पार्टीको जिम्मेवारीबाट अलग हुनुहुन्थ्यो । उहाँलाई नेकपा माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतको दावी छ ।

बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँगको एकताको विषय बैठकको एजेण्डा छ ।

 

सम्बन्धित खबरहरु