काठमाडौं । आज पनि निजामती सेवामा लाग्नेहरुको संख्या निरन्तर बढ्दैछ ।
लोकसेवा परीक्षामा उर्तीण हुनुभन्दा विवाहका लागि केटी खोज्न गाह्रो भएको छ । विवाहका लागि केटी खोज्न केटाहरूले धेरै तरिका अपनाउँछन् ।
कोही आफन्तको सहयोग लिन्छन्, कोही सामाजिक सञ्जाल र डेटिङ एपको उपयोग गरिरहेका हुन्छन् । तर विवाह गर्नाका लागि नेपालमा सरकारी क्षेत्रमा लागेको केटा खोज्ने गरिन्छ ।
यसबीच अब एक केटाले केटी खोज्ने नयाँ उपाय फेला पारेका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदैछ । ती केटा, आफ्नो बिहेको लागि केटी खोज्दैछन् ।
केटी खोज्नका लागि उनी बीच बजारको सडकमा उभिएका छन् । उनको हातमा एक पोस्टर पनि छ । पोस्टरमा एउटा रोचक कुरा लेखिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा केटाले लेखेका छन्, ‘सरकारी जागिर खाने युवती विवाहका लागि चाहिएको छ, दाइजो म दिन्छु ।’
उनको भिडियो सामाजिक सञ्जालमा धेरै पटक हेरिएको छ, मानिसहरु चकित परेका छन् । यो देखेर केही मानिस हाँसे भने अर्काथरीले रमाइलो ढंगले समाजलाई सन्देश दिन खोजेको भन्दै तारिफ गरेका छन् । भिडियो भारत, मध्य प्रदेश, छिन्दवाडाको हो ।
नेपालमा मात्रै नभएर भारतीय समाजमा पनि केटीको बिहे सरकारी कर्मचारीसँग मात्र गर्नुपर्छ भन्ने सोच कायम छ । सोहीकारण केटी पक्षले छोरीको विवाहका लागि केटा हेर्दा सरकारी कर्मचारीलाई प्राथमिकता दिने गरेका छन् ।
छोरी दिनका लागि बहुराष्ट्रिय कम्पनीमा लाखौंको तलबमा काम गरिरहेका भए पनि चौथो तहको सरकारी जागिर खानेलाई नै बढी प्राथमिकता दिने गरिएको छ । यो कुराको खिल्ली उडाउँदै केटाले यस्तो कदम उठाएका हुन् । केटाको यो भिडियोलाई धेरैले हेरेका छन् ।
मानिसहरूले विभिन्न टिप्पणी पनि गरिरहेका छन् । रमाइलो तरिकाले समाजको वास्तविकता बाहिर ल्याएको धेरैको बुझाई रहेको छ । यस कुरामा तपाईंको विचार के छ राख्न सक्नुहुन्छ ।