काठमाडौं । झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका-८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

चालीस रोपनीमा अनार खेती
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् ।

कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै रु १५ लाखको लगानीमा अनार खेती सुरु गर्नुभएको हो ।

अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी रु एक लाखका दरले रु ४० लाख आम्दानी हुने अनुमान कृषक आचार्यले गर्नुभएको छ । अघिल्लो वर्ष रु १० लाखको अनार उत्पादन भएकामा यस वर्ष रु १५ लाखको उत्पादन हुने आचार्यले बताउनुभयो ।

उक्त अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ ।

नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ ।

सम्बन्धित खबरहरु