Prasnawali_Samitiकाठमाडौं । संविधानका विवादीत विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव समितिले संविधानका विवादीत सहित सबै विषयको प्रश्नावली आज तयार पार्दै  छ ।

हिजो विभिन्न तीन विषयमा प्रश्नावली तयार पारेको उप समितिले आज बाँकी विषयको प्रश्न तयार पार्ने जनाएको छ ।

संविधानको प्रस्तावना, मौलीक हक का विषयमा प्रश्नावली बनिसकेको छ ।

धर्म निरपेक्षता, गणतन्त्र र संघीयताका विषयमा भने प्रश्नावली नबनाउने निर्णय भैसकेको छ ।

विवादीत सात समिति मध्ये दुईको प्रश्नावली तयार भैसकेको र बाँकी आज तयार हुने उप समिति संयोजक अग्नी खरेलले नेपाल सन्देशलाई जानकारी दिए ।

सम्बन्धित खबरहरु