काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति गौतम अडानीमाथि गम्भीर आरोप लागेको छ ।

यसबीच उनले एक दिनमा ७ अर्ब डलर गुमाउनु पर्यो । अडानी समूहले हिन्देनबर्ग रिसर्चविरुद्ध कानूनी कारबाही गर्ने बयान दिएपछि हिन्देनबर्ग रिसर्चले आफूहरू जुनसुकै प्रकारको कानूनी कारबाहीका लागि तयार रहेको र आफ्नो प्रतिवेदनप्रति अडिग रहेको जवाफ फर्काएको हो ।

एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘हाम्रो प्रतिवेदन बाहिर आएदेखि गत ३६ घण्टामा अडानी समूहले एउटा पनि गम्भीर मुद्दाको जवाफ दिएको छैन । हामीले प्रतिवेदनको निष्कर्षमा ८८ वटा सटिक प्रश्न सोधेका थियौं, जसमा हाम्रो विचारमा कम्पनीले आफूलाई निर्दोष साबित गर्नुपर्छ ।

तपाईलाई त्यसो गर्ने मौका दिन्छौँ ।’ अगाडि भनिएको छ, ‘अहिलेसम्म अडानी समूहले एउटा पनि जवाफ दिएको छैन । हामीले अपेक्षा गरेअनुसार अडानीले धम्की दिने बाटो रोजे ।

संचारमाध्यमलाई दिएको बयानमा अडानीले हाम्रो १०६ पृष्ठ, ३२,००० शब्द र ७२० भन्दा बढी उदाहरण प्रस्तुत गरेको प्रतिवेदनलाई खोजविना तयार पारेको भनेको छ । दुई वर्ष भन्दा बढी समय लगाएर गरिएको खोजलाई अनुसन्धान नगरिएको भन्दै अडानीले हामीविरुद्ध दण्डात्मक कारबाहीका लागि अमेरिकी र भारतीय कानून अन्तर्गत सान्दर्भिक प्रावधानहरूको मूल्याङ्कन गरिरहेको भनेका छन् ।

जहाँसम्म कानुनी कारबाही गर्ने धम्कीको सवाल छ, हामी स्पष्ट पार्छाँ, हामी यसलाई स्वागत गर्नेछौं । हामी हाम्रो प्रतिवेदनमा अडिग छौं, र हामीविरुद्ध गरिएको कुनै पनि कानूनी कारबाही निराधार हुनेछ ।

यदि अडानी गम्भीर छन् भने, उनले अमेरिकामा मुद्दा दायर गर्नुपर्छ । कानुनी प्रक्रियामा हामीले माग गर्ने कागजातहरूको लामो सूची छ ।’ यसअघि अडानी समूहले हिन्डनबर्ग रिसर्चविरुद्ध कानूनी कारबाही गर्न सक्ने चेतावनी दिएको थियो ।

समूहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिन्डनबर्ग रिसर्चले २४ जनवरी २०२३ मा प्रकाशित दुर्भावनापूर्ण र अनुसन्धान नगरिएको प्रतिवेदनले अडानी समूह, हाम्रा शेयरधनीहरू र लगानीकर्ताहरूलाई प्रतिकूल असर पारेको छ ।

प्रतिवेदनले गर्दा भारतीय शेयर बजारमा भएको अस्थिरता ठूलो चिन्ताको विषय हो र यसले भारतीय नागरिकहरूलाई अनुचित कष्ट दिएको छ । ’ अगाडि भनिएको छ, ‘स्पष्ट रूपमा, प्रतिवेदन र यसको आधारहीन सामग्री अडानी समूहका कम्पनीहरूको शेयर मूल्यमा प्रतिकूल असर पार्न डिजाइन गरिएको थियो, किनकि हिन्डनबर्ग रिसर्च आफैले स्वीकार गरेको छ कि यसले अडानीको शेयरमा गिरावटबाट फाइदा लिनेछ ।’

अगाडि भनिएको छ, ‘विदेशी संस्थाले लगानीकर्ता र आम जनतालाई भ्रममा पार्न, अडानी समूह र यसका अधिकारीहरूको प्रतिष्ठालाई बदनाम गर्न र अडानीको एफपीओ (फलो–अन पब्लिक अफरिङ) लाई नोक्सान पुर्याउन जानाजानी र लापरवाह व्यवहारबाट हामी अत्यन्तै चिन्तित छौं ।’

साथै सो समूहले ‘हामी हिन्डनबर्ग अनुसन्धानविरुद्ध दण्डात्मक कारबाहीका लागि अमेरिकी र भारतीय कानून अन्तर्गत सान्दर्भिक प्रावधानहरूको मूल्याङ्कन गर्दैछौं ।’ भनेको थियो । अमेरिकास्थित वित्तीय फोरेन्सिक कम्पनी हिन्देनबर्ग रिसर्चले अडानी समूहमाथि शेयर बजारको ग्रस हेरफेर र लेखा धोखाधडी योजनामा संलग्न रहेको आरोप लगाएको छ ।

मंगलबार प्रकाशित एक रिपोर्टले दावी गरे अनुसार २१८ अर्ब डलरको अडानी समूहले व्यापारीक इतिहासमा सबैभन्दा ठूलो ठगी गरेको आरोप लगाएको थियो । जसकारण एकदिनमा अडानीले ७ अर्ब डलर गुमाउनु परेको हो ।

सम्बन्धित खबरहरु