काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको विषयमा अदालतले गम्भीरतापूर्वक लिएको छ ।

उहाँकै वकिलले नै अदालतमा अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको स्वीकार गरेपछि न्यायाधीशले प्रतिप्रश्न गर्नुभएको हो ।

लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली पासपोर्टबारे प्रश्न गर्नुभयो ।

शुक्रबार रविको पक्षमा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमले बहस गरिरहेका बेला न्यायाधीशले उहाँमाथि प्रश्न सोझ्याउनुभयो ।

न्यायाधीश खतिवडाले, रविले २०१४ मा अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिएको र २०१८ मा मात्र त्यागेकामा कसैको पनि विवाद नभएको बताउनुभयो ।

यो तथ्यलाई रविका वकिलहरुले समेत स्वीकार गर्दै न्यायाधीश खतिवडाले प्रश्न गर्नुभयो, २०१५ मै नेपाली पासपोर्ट लिन कसरी सम्भव भयो ?’ जवाफमा वरिष्ठ अधिवक्ता गौतमले नेपाली पासपोर्ट लिएपनि प्रयोग नगरेको दाबी गर्नुभयो ।

 

सम्बन्धित खबरहरु