काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाउनु परेको हो । अदालतको फैसलाविरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई नियनन्त्रणमा लिएको छ ।

शुक्रबार सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो । लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्नेभएको छ ।

सम्बन्धित खबरहरु