काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त गर्दिएपछि रवि लामिछानेले राजीनामा दिनुहुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उहाँले राजीनामा बुझाउन लाग्नु भएको हो ।

लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नु भएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज हुनेगरी आदेश दिएको छ ।

उहाँले अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः लिने प्रक्रिया पुरा नगरेको भन्दै संवैधानिक इजलासले यस्तो आदेश सुनाएको हो । उहाँ चितवन जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित कायम गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २÷३ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर अदालतको छ । चितवन क्षेत्र नम्बर २ मा अब उपनिर्वाचन हुनेछ ।

सम्बन्धित खबरहरु