काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई लिएर प्रतिकृया दिएका छन् । उनले अदालती फैसलाको स्वागत र स्वीकार गर्ने बताए । आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको धारणा राखेका हुन् ।

मन्त्रालयबाट बाहिरिने क्रममा उनले भने, ‘ तपाईहरु अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म अहिले कुनै पनि हैसियतमा छैन। म केही पनि होइन, म कहिँको पनि होइन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् ।’

यतिबेला आफ्नो कुनै परिचय नभएको पनि उनले बताए । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ भन्दै उनले प्रतिप्रश्न समेत गरेका छन् । एउटा अनागरिकले के गर्छ भन्ने कुरामा आफू जानकार नभएको पनि उनले जानकारी गराए ।

अर्कोतिर रविको पक्षमा अदालतबाहिर प्रदर्शन गरिरहेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

सम्बन्धित खबरहरु