काठमाडौं । हास्यकलाकार दिपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथी ब्यांग्य प्रहार गरेका छन् ।

रवि नेपाली नागरिक नभइ गरेका सबै काम अवैध भनर सर्वोच्च अदालतले आदेश दिएपछि उनको बिहे दर्तापनि रद्द भएको दिपकको भनाई छ ।

सर्वोच्चको आदेश आउनासाथ उनले सामाजिक सञ्जालमा लेखेका छन् । सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो ।

उनको भने थानकोटको दहचोकमा उनको घर र ससुरालीबीच मुस्किलले एक किलोमिटरको दुरी छ । उनले आफ्नो भनेका होइनन् । उनको लेखाई र आएका कमेण्टहरु हेर्दा उनको लेखाई रवि लक्षित नै छ ।

‘घरमा ठूलो आवाजले श्रीमतीलाई हपार्‍यो भने ससुरालीले सुन्ने डर हुन्छ,’ दीपकराज भन्छन् । उनी ससुराबासँग अहिले पनि डराउँछन् । खुलेर कुरै गर्न सक्दैनन् । ससुरा पूर्वप्रधानपञ्च हुन् । तर, क्रान्तिकारी स्वभावका । छोरीको बिहे गरेपछि उनले कहिल्यै ज्वाईंको खुट्टा ढोगेनन् ।

‘ढोग्न खोज्नुभएको भए पनि म दिने थिइनँ, तर उहाँले कहिल्यै ढोग्न खोज्नुभएन,’ दिपकले भने । सासुआमासँग भने उनी नजिक थिए । हँसिमजाक चल्थ्यो । तर, सासुआमा अहिले छैनन् । ससुरालीमा एक थान साली थिइन् । साली ठूली भएपछि दिपककै भतिजोले आँखा लाए । बिहे नगरेर सुख्खै भएन । पहिलेकी साली अहिलेकी बुहारी बनेकी छिन् । सालीसँग जिस्किने धोकै मेटिन पाएन उनको ।

बिहे गरेपछि पहिलोपटक ससुराली जाँदा दिपकलाई हजुरबाले केही टिप्स दिएका थिए । जसमध्ये एउटा थियो, खाना थपेर नखानु । पहिलोचोटि खाना खाँदा वरिपरीको घेरा देखेरै उनी आत्तिएका थिए । माछामासु, दही-दुध, घ्यू केही बाँकी थिएन । त्यसमाथि बाघजस्ता ससुरासँगै बसेर खान उनलाई कम्ता सकस भएन ।

‘खाना खाँदा कञ्चटमा बन्दुक राखेजस्तो भएको थियो,’ उनी सम्झिन्छन् । ‘खाना थपौं ज्वाईंसा’ब ?’ सासुले सोधिन् । उनले हजुरबाले भनेको सम्झे, ‘खाना थपेर नखानु ।’

पेट भरिएको थिएन, तर भनिदिए, ‘पुग्यो आमा, पुग्यो ।’ सासुले पनि कर गरिनन् । उनी आधा पेटमै उठे । समयक्रममा मानमनितो घट्दै गयो, वातावरण सहज बन्दै गयो । लाज लाग्न छाड्यो ।

अहिले दिपक थानकोटको घरमा बस्दैनन् । तर, हप्तामा एकचोटि पुग्छन् । त्यहाँ पुगेका बेला ससुराली पनि छिरिहाल्छन् । दशैंमा एक रात ससुरालीमा बिताउँछन् । दिपकले कहिले पनि कोसेली बोकेर ससुराली नगएको बताए ।

‘म कसैको जन्मदिनको पार्टीमा जाँदा त गिफ्ट नबोकी जाने मान्छे, ससुराली के कोसेली लान्थेँ,’ उनले भने । घरमा एक्लै हुँदा दिपकलाई श्रीमतीले ‘बाबा’ भनेर सम्वोधन गर्छिन् । तर, ससुरालीमा चाहिँ ‘मौसमीको ड्याडी’ भनेर बोलाउँछिन् । मौसमी दिपककी जेठी छोरी हुन् । ससुराली जाँदा कहिले पनि चिटिक्क परेर गएनन् । नजिकै भएकाले चप्पल र हाफपाइन्ट लगाएरै पुग्छन् ।

 

सम्बन्धित खबरहरु