संखुवासभा । संखुवासभा बारम्बार विभत्स अपराधका घटना हुने जिल्लाको रुपमा चिनिन थालेको छ ।

अहिले फेरि आफ्नै बुवा भोटखोला गाउँपालिका–५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । केही बर्षअघि यहाँ एक परिवार नै सखाप पारेको विभत्स हत्याको घटना भएको थियो ।

अहिले घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिचौलियाको काम गरेको अभियोगमा पक्राउ
धनुषा । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका(६ ढल्केवर बस्ने ५० वर्षीय मो।ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनि प्रतिव्यक्ति २ देखि ३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी बिचौलियाको काम गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय प्रविन कुमार झा लाई जनकपुर उपमहानगरपालिका-१४ स्थित यातायात कार्यालयबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यातायात कार्यालयमा आएका सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनजान रहेको र काम छिटो छरितो गराई दिन्छु भनी सेवाग्राहीसँग ३ हजार ५ सय रूपैयाँ रकम लिदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु