काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३० तावाकोमुखमा ग।३ च ८०८३ नम्बरको कारको ठक्करबाट पैदलयात्री रुपा गाउँपालिका-१ बोटे गाउँ बस्ने सूर्य बहादुर गोदारको छोरा ४ वर्षीय मुस्कान गोदारको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङजा, पुतलीबजार नगरपालिका-११ करेनडाँडामा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना.४ ख ३८२८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय यम बहादुर जिटीको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँबस्तीमा ना.७ ख ८४७८ नम्बरको ट्याङ्करले ना.१४ प ९९४३ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१५ जाते बस्ने ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, जिराभवानी गाउँपालिका-१ चम्रीमा ठोरीबाट चिलझपट्टीतर्फ जाँदै गरेको ना।३ त २२८७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार जगरनाथपुर गाउँपालिका-५ बस्ने २५ वर्षीय विजय मुखिया बिनको शुक्रबार राति मृत्यु भएको छ ।

ट्याक्टरबाट लडेर सोही ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, रामधुनी नगरपालिका-५ कृषि फर्मस्थित सडकमा को.२४ प ३७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-५ सिम्रीमा म.१ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु