काठमाडौं । काठमाडौं, नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङ नजिक सडकमा पार्किङ गरी राखेको बा.१ प ९८४ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको छ ।

तेह्रथुम, आठराई गाउँपालिका-२ खाम्लालुङ चिसापानी बस्ने ४९ वर्षीय अस्मन फोम्बोले आफ्नै कच्ची घरमा शुक्रबार दिउँसो आगजनी गर्दा घरको माथिल्लो भाग, अन्नपात लगायतको सरसामान पूर्णरुपमा जलेर करिब ३ लाख १७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । हाल फरार अस्मन फोम्बोको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ चौतारा बजारस्थित सुबिसु केवल नेटवर्कको कार्यालय कोठामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा कोठामा रहेको सोफासेट २ थान, काठको टेबल २ थान, कुर्सी २ थान, सिसाको सोकेस १ थान, कम्प्युटर २ थान, ल्याप्टप १ थान, पावर मिटर १ थान लगायत विभिन्न सर-सामानहरू जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु