काठमाडौं । प्रमोद खरेलको कन्सर्टमा अप्रिय घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । धनकुटा महोत्सवमा गायक खरेलको कन्सर्ट हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएको खबर आएको छ ।
घाइतेको धनकुटा अस्पतालमा उपचार हुन सकेन् । त्यसपछि सबैलाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालले जानकारी गरायो । अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएका हुन् ।
घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले पनि पुष्टि गर्नुभयो । कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठका अनुसार घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त भएको छैन् । उहाँका अनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरिएको छ ।