काठमाडौँ। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन्। उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपालमा रहेको जानकारी दिएकी हुन्।
हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन्। शनिबार बिहान काठमाडौँ आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएकी थिइन्।
कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन समेत गरेकी थिइन्। सन्नी यस अगाडि नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन्।
फिल्म आइटम गीतमा उनको नृत्य समेत रहेको थियो। अहिलेपनि उनी कुनै प्रोजेक्टका लागि आएको बुझिन्छ । सन्नी बारम्बार नेपाल आएकी छिन् ।