कानुन मन्त्री नरहरि आचार्यले एमाओवादी नेता डाक्टर बाबुराम भट्टराई उग्र रुपमा प्रस्तुत हुँदा बीचैमा तुहिएको बताएका छन्।

मन्त्री आचार्यले मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको मध्यमार्गी प्रस्तावमा भट्टराई ‘अस्वभाविक उग्र रुपमा प्रस्तुत भएको’ बताएका हुन्।

‘निश्कर्षमा प्रचण्ड सकारात्मक र नरम भएको तर बाबुरामजीको अलिक बढी अथवा उग्र प्रतिक्रिया त्यहाँ आयो। पछि उहाँहरुले मोर्चाको बैठकमा मधेसकेन्द्रित दलका केही नेताको पनि आपत्ति देखियो’, आचार्यले भने।

‘मुख्यरुपमा एमाओवादीले त्यो अगाडि बढाउन सकारात्मक दृष्टिकोण नराखेपछि प्रचण्ड एक्लैले सकारात्मक दृष्टिकोण राखेर पनि सम्भव भएन जस्तो देखिन्छ,’ उनले भने ।

सम्बन्धित खबरहरु