काठमाडौं । समय समयमा सामाजिक सञ्जालमा यस्ता घटनाहरू भाइरल हुन्छन्, जसबारे विश्वास गर्न हर कसैलाई गाह्रो पर्दछ । यस्तै एक रोचक घटना सार्वजनिक भएको छ ।

भारत, बिहारको मध्यवर्ती परीक्षामा एक छात्र बेहोस भएका छन् । परीक्षा १ फेब्रुअरीबाट सुरु भएको छ । विद्यार्थीहरु आ–आफ्नो परीक्षा केन्द्रमा गएर परीक्षा दिइरहेका छन् ।

यसबीच एउटा यस्तो खबर सार्वजनिक भयो, जसलाई पढेर सबै हैरान हुनुपर्यो । जानकारी अनुसार त्यहाँको नालन्दामा एक परीक्षार्थी परीक्षा केन्द्रमै बेहोस भएका छन् ।

केटीहरूले गर्दा उनी बेहोस भएको खबर छ । ती विद्यार्थीको नाम मनिष शंकर हो । रोचक कुरा के छ भने शंकर आफ्नो परीक्षा केन्द्रमा ५०० केटीहरूबीच आफूलाई एक्लो देखेर बेहोस भएका हुन् ।

उनले परीक्षा हलमा आफूलाई केटीहरूका बीचमा एक्लो पाएपछि होस गुमाए, अस्पतालसम्म भर्ना गर्नुपर्यो । मनिषको परीक्षा केन्द्रमा उनी बाहेक सबै केटीहरू मात्रै थिए । त्यस केन्द्रमा करिब ५ सय विद्यार्थी भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जानकारी गराएका छन् ।

बेहोस भएपछि मनिषलाई अस्पतालमा भर्ना गरियो । जानकारी अनुसार मनिष शंकर अल्लाम इकबाल कलेजमा पढ्छन् । उनको केन्द्र बिहार शरीफको ब्रिलियन्ट कन्भेन्ट स्कूलमा परेको थियो ।

परीक्षा केन्द्रमा पुग्दा एकसाथ सयौं केटीहरूलाई देखेर उनको अवस्था बिग्रियो, त्यसपछि उनी बेहोस भए । परीक्षा केन्द्रमा आफूलाई एक्लै पाएपछि उनी आत्तिएका थिए । सयौं केटीहरूका भिडमा आफूलाई एक्लो पाएपछि उनलाई रिंगटा लाग्यो ।

मनिषकी काकीले भनिन्, ‘उसले परीक्षा केन्द्रमा कोठा केटीहरूले भरिएको देख्यो । यसबाट उ नर्भस भयो र अचानक ज्वरो आयो । त्यसपछि उसलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।’ यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल हुँदैछ ।

सम्बन्धित खबरहरु