काठमाडौं । काठमाडौंको पुनारो बानेश्वरस्थित एक घरमा बाबु छोरी मृत भेटिएका छन् ।
छोरीको मृत्युपछि बाबु पनि झुण्डिएको अवस्थामा फेला परेका हुन्।
मैतीदेवीबाट पुरानोबानेश्वर जाने पुलको मुखैमा टंकप्रसाद मार्गस्थित एक घरमा सात वर्षीया छोरीको शव फेलासँगै उनका बुबाको पनि शव फेला परेको हो।
आज (शनिबार) साँझ उक्त घटना भएपछि प्रहरी त्यसतर्फत पुगेको छ। छोरीको हत्यापछि बुबा किशोर भण्डारीले पनि आत्महत्या गरेका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले बताउनुभयो ।
भित्रबाट चुक्कुल लगाएको अवस्था ती दुई शव फेला पारिएको हो। आफन्तले फोन गरेर बोलाउँदा नउठेपछि प्रहरीलाई खबर गरेका थिए।