काठमाडौं । अफगानिस्तानमा भारी हिमपातका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ । त्यहाँको रेड क्रिसेन्ट विभागले चिसोका कारण करिब ८० हजार जनावरको पनि मृत्यु भएको जानकारी गरायो ।

अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खालासका अनुसार अफगानिस्तानभर चिसो, ग्यास प्रदुषण र वर्षाका कारण शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ ।

जानकारी अनुसार करिब ३० जना बिरामी परेका छन् । एकातिर अफगानिस्तानमा चिसोको प्रकोप जारी छ भने अर्कोतर्फ तालिबानले महिलामाथि लगाएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय सहयोग कम भइरहेको छ । अफगानिस्तानका एक करोड मानिसलाई तत्काल सहयोगको आवश्यकता रहेको विज्ञहरू बताउँछन् ।

सम्बन्धित खबरहरु