काठमाडौं । टर्कीको दक्षिणी क्षेत्रमा सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

 

 

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरियमे । युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो ।

सो क्षेत्रमा लगभग २० लाख जनसंख्या छ, जसमध्ये ५ लाख ५ लाख सिरियाली शरणार्थीहरू छन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीहरूले ३४ वटा भवन ध्वस्त भएको बताएका छन् । अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार यसको केन्द्रबिन्दु कहरामनमारस प्रान्तको गाजियनटेप शहरबाट ३० किलोमिटर टाढा र जमिनबाट २४ किलोमिटर तल थियो ।

राजधानी अंकारा, नुरदागी सहर लगायत सिरिया र लेबनानमा भूकम्पको धक्का महसुस गरियो । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प गएको ११ मिनेटपछि ६.७ म्याग्निच्युडको दोस्रो भूकम्प पनि गएको थियो । यसको केन्द्र जमिनबाट ९.९ किलोमिटर तल थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर र भिडियो हेर्दा धेरैको भग्नावशेषमा दबिएर मृत्यु हुने आशंका गरिएको छ । मानिसहरूलाई बचाउन उद्धार कार्य जारी छ ।

सम्बन्धित खबरहरु