काठमाडौं । सोमबार बिहानै दक्षिणी टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा कम्तीमा १,५०४ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । सिरियामा मात्रै कुल कम्तिमा ५९२ व्यक्तिको मृत्यु भएको छ, जसमा ३७१ धेरै जसो अलेप्पो, हामा, लाटाकिया र टार्टसका क्षेत्रहरूका हुन् ।

सिरियाली राज्य समाचार एजेन्सी सानाका अनुसार १०८९ जना घाइते भएका छन् । यसैबीच, आधिकारिक रूपमा सिरिया सिभिल डिफेन्स भनेर चिनिने व्हाइट हेल्मेट समूहले पनि उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रमा कम्तिमा २२१ जनाको मृत्यु र ४१९ घाइते भएको जनाएको छ ।

जानकारी अनुसार सयौं भग्नावशेषमा फसेका छन् । टर्कीमा कम्तिमा ९१२ जनाको मृत्यु भएको छ र ५ हजार ३८५ जना घाइते भएका छन्, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमबार टेलिभिजन सम्बोधनमा यसबारे जानकारी गराए । उद्धारकर्ताहरू भत्किएका भवनहरूको भग्नावशेषमा बाँचेकाहरूलाई खोजिरहेका छन् ।

भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ । लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ कुनै क्षति भएको छैन । भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ ।

त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो । त्यसको प्रभाव पनि देखिन्छ । दमास्कस, अलेप्पो, हामा, लताकिया लगायतका धेरै सहरहरूमा भवनहरू भत्किएका छन् ।

सम्बन्धित खबरहरु