काठमाडौं । नेकपा एमालेका नेता डाक्टर भीम रावल पछिल्लो समय निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेविरुद्ध उत्रिनुभएको छ ।

उहाँले लामिछानेविरुद्ध विभिन्न अभिव्यक्ति दिइरहनुभएको छ ।

केही समयअघि मात्र डाक्टर रावलले भन्नुभयो, राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ। आलोचना सुन्छ।

सत्य तथ्य अ‍ौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौं।

उहाँको अभिव्यक्तिमा चर्चित पत्रकार यशोदा तिमिल्सिनाले लेख्नुभएको छ, तपाईंलाई बा ले गरेको अपमान देख्दा अन्याय भयो भन्ने लाग्थ्यो । त्यो लायक हुनुहुँदो रहेछ । साहै् छिटो प्रमाणित गर्नु भो । मिल्छ भने रविको बारेमा नबोल्नु राम्रो । यशोदा कान्तिपुर मिडियामा लामो समय काम गर्नुभएकी चर्चित पत्रकार हो ।

सम्बन्धित खबरहरु