काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले आफ्नो पतिमाथि गम्भीर आरोप लगाएपछि पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम पनि मैदानमा उत्रेकी छिन् ।

सोमबार एक भिडियोलाई सामाजिक सञ्जालमा राख्दै उनले रविलाई जवाफ दिएकी हुन् ।

उनले राखेको भिडियोमा पहिलेका रवि र अहिलेको रविबीचको फरक देखाउन खोजिएको छ ।

रविले गृहमन्त्री हुन नपाएको रिस पत्रकारमाथि पोखेको एलिजाको आरोप छ । उनले क्याप्सन लेखेकी छिन्, ‘गृहमन्त्री हुन नपाको रिस सबै पत्रकार लाई’ भिडियोमा धमलाले नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान कसैले बिर्सन नसक्ने भन्दै लामिछाने तारिफ गरिरहेका छन् ।

उनले भनेका छन, ‘ऋषि धमलाजीको योगदान नेपाली पत्रकारिता क्षेत्रमा कसैले मेटाएर मेट्न सकिदैँन् ।’ उनले सबैको आ–आफ्नो शैली हुने भन्दै पत्रकारिता क्षेत्रलाई लिएर धमलाले पुर्याएको योगदानको खुलेरै तारिफ गरेका छन् । तर हालै रविले ऋषि धमलालाई जोक्करको रुपमा ब्याख्या गरेका थिए ।

सम्बन्धित खबरहरु