काठमाडौं । एक युवकले कहिल्यै नसोचेका कुरा भोग्नु परेको छ । एक युवकले युवतीमाथि जबर्जस्ती गरेपछि ओठ गुमाउनुपर्यो ।

घटनापछि युवकलाई अस्पतालमा भर्ना गरेर उनीविरुद्ध मुद्दा पनि दर्ता गरेको प्रहरीले जानकारी गरायो । जानकारी अनुसार घटना भारत, उत्तर प्रदेशको हो ।

फेब्रुअरी ४ दिउँसो एक युवती उत्तर प्रदेशको मेरठको दौराला चौकीमा पर्ने खेतमा काम गरिरहेकी थिइन् । आरोपित मोहित सैनीले युवतीलाई एक्लै देखेर यौन दुव्र्यवहार गर्ने प्रयास गरेका थिए ।

युवकले युवतीमाथि जबर्जस्ती गर्न थालेपछि सो घटना भएको बताइएको छ । उनले युवतीमाथि बलपूर्वक चुम्बन गर्ने प्रयास गरेका थिए । युवतीले विरोध गर्दा उनले मानेनन् । यसैबीच युवतीले आरोपी युवकको ओठ दाँतले काटेकी हुन् । ओठ काटिएपछि अभियुक्त केटा पीडाले छट्पटाए ।

केटाको ओठबाट रगत निस्कन थालेपछि केटी सहयोगको लागि चिच्याउन थालिन् । त्यसपछि वरपर मानिसहरू जम्मा भए, आरोपितलाई समातेका हुन् । घटनाबारे प्रहरीलाई जानकारी गराइयो ।

त्यसपछि प्रहरीले घटनास्थल पुगेर अभियुक्तलाई नियन्त्रणमा लियो । प्रहरीले अभियुक्त युवकको ओठको टुक्रालाई प्याकेटमा बन्द गरेर अस्पताल भर्ना गरेको थियो ।

 

सम्बन्धित खबरहरु