oli-dahalकाठमाडौं । पछिल्लो समय संविधानका विवादीत विषयलाई समाधान गर्नकालागि भन्दै दलका नेताहरुले सहमति सहमति मात्र भनिरहेका छन् ।

तर, सहमतिको सार्थक पहल भने हुन सकिरहेको छैन । यहि बीचमा संविधानसभा अन्तरगतको प्रस्ताव निर्माण समितिले आफ्नो काम धमाधम गरिरहेको छ ।

दलहरुका बीचमा देखिएको तिब्र विवाद र मतभेद अन्त्यकालागि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवं सभासद विजयकुमार गच्छदारले विशेष पहल गर्ने भएका छन् ।

माघ ८ गते उनले ल्याएको प्रस्तावलाई टेकेर गच्छदारले दलका शीर्ष नेताहरुलाई सहमति गराउन दौडधुप सुरु गर्न लागेका हुन् ।

उनले खास गरि आफ्नै मोर्चाका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई एक मत बनाउन सके सहमतिय संविधान ल्याउन सकिने निष्कर्ष सहित अघि बढ्दै छन् ।

उनलाई अहिले मध्यमागी नेताका रुपमा हेरीएकाले उनको दौडधुपले केहि सार्थकता पाउन सक्ने देखिएको छ ।

सम्बन्धित खबरहरु