२१ माघ, काठlootमाडौ । काठमाडौको नयाँ बानेश्वरमा एक महिलाको साथबाट १८ लाख रुपैयाँ लुटिएको छ ।

बानेश्वर हृवाइट हाउस कलेजसँगैकाे भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर निस्किन लाग्दा कलंकी निवासी सरस्वती आचार्यको साथबाट global-ime-finalपैसा लुटिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

आचार्यले बैंकबाट पैसा निकालेर बाइकमा चढ्न खोज्दै गर्दा पैसा लुटपाट गरी लुटेराहरु फरार भएकाले प्रहरीले खोजी कार्य तीब्र बनाएको छ ।

लुटपाटपछि प्रहरीले बानेश्वरको विभिन्न नाकाहरुमा चेकजाँच कडा पारेकाे छ । केही शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु