काठमाडौं । अन्तत: एलोन मस्कले ट्विटरको लागि सीईओ फेला पारेका छन् । रोचक कुरा के छ भने ट्विटरका नयाँ सीईओ मानिस नभएर कुकुर हुन् ।

त्यो मस्कको पाल्तु कुकुर फ्लोकी, शिबा इनु हो । ट्विटर किनेपछि चर्चामा रहेका मस्कले आफ्नो कुकुर फ्लोकीलाई तत्कालिन सीईओ पराग अग्रवाल भन्दा राम्रो भएको प्रतिकृया दिएका छन् ।

मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेको धेरै समय बितेको छैन् । पराग अग्रवाललाई ट्विटर किन्नेबित्तिकै बर्खास्त गरेका थिए । अग्रवालसँगै ट्विटरका कानूनी प्रमुख विजया गड्डे र सीएफओ नेल सहगललाई पनि बर्खास्त गरिएको थियो ।

त्यसपछि पनि आधा कर्मचारी निकालिएको थियो । मस्कले आफ्नो शिबा इनु कुकुर, फ्लोकी, सीईओको कुर्सीमा बसेको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका छन् ।

तस्विरमा, फ्लोकीले ट्विटर ब्रान्डको कालो टी–शर्ट लगाएको छ, जसमा सीईओ लेखिएको छ । उनको अगाडि टेबुलमा केही कागजातहरू पनि छन् । फ्लोकीको अगाडि एउटा सानो ल्यापटप छ, जसमा ट्विटरको लोगो राखिएको छ ।

तस्विर शेयर गर्दै मस्कले लेखेका छन्, ‘ट्विटरको नयाँ सीईओ अचम्मको छ ।’ अर्को ट्विटमा उनले ट्वीटरको नयाँ सीईओ ‘अन्य’ व्यक्तिभन्दा धेरै राम्रो भएको बताए । उनले ट्वीटरका पूर्व सीईओ पराग अग्रवाललाई कटाक्ष गरेका हुन् ।

https://twitter.com/elonmusk/status/1625695877326340102

सम्बन्धित खबरहरु