काठमाडौं । चीनको जासुसी बेलुनबारे अमेरिकाले ठूलो खुलासा गरेको छ । अमेरिकाले हालै एट्लान्टिक महासागरबाट खसालिएको चीनको जासुसी बेलुनको भग्नावशेष भेटिएको जनाएको छ ।
जासुसीमा प्रयोग हुने इलेक्ट्रोनिक सेन्सरहरू यस भग्नावशेषमा समावेश भएको अमेरिकाको खुलासा रहेको छ ।
न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार अमेरिकी सेनाको उत्तरी कमाण्डले एक विज्ञप्ति जारी गर्दै खोजी टोलीले घटनास्थलबाट खसेको बेलुनको भग्नावशेष फेला पारेको जनाएको छ । यसमा सेन्सर र इलेक्ट्रोनिक टुक्राहरू पनि समावेश छन्।
अमेरिकाले यो चीनबाट पठाएको विशाल बेलुन खसालेको थियो । यस बेलुनको बारेमा चीनले दाबी गरेको थियो कि यो बेलुन मौसमसँग सम्बन्धित जानकारी सङ्कलन गर्न प्रयोग गरिएको थियो।
चीनले जासुसी बेलुनको सहयोगमा धेरै देशको जासुसी गरिरहेको अमेरिकाले लगातार दाबी गर्दै आएको छ । एफबीआईले बेलुनको भग्नावशेषको अनुसन्धान गरिरहेको छ कि यो के सक्षम थियो भनेर निर्धारण गर्न सकिने बताइएको छ ।
चीनबाट यी जासुसी बेलुनहरू प्राप्त भएपछि सुरक्षा विभागलाई उच्च सतर्कतामा राखिएको थियो। सम्भावित विदेशी गुप्तचर सङ्कलन उपकरणहरूका लागि अमेरिकी वायुक्षेत्रमा सतर्कता बढाइएको छ। यसैबीच अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले तर उनीहरुबाट कुनै सैन्य खतरा नरहेको बताए । तर यसका कारण नागरिक उड्डयनमा जोखिम छ ।
अस्टिनले भने कि अहिले हाम्रो प्राथमिकता यो भग्नावशेष कस्तो प्रकारको हो भनी पुष्टि गर्न छानबिन गर्नु हो। हामी एफएए, एफबीआई र नासा लगायत सबै संघीय एजेन्सीहरूसँग नजिकबाट काम गरिरहेका छौं।
अमेरिकाले फेब्रुअरी ४ मा यो चिनियाँ जासूस बेलुनलाई खसालेको थियो। यसपछि अमेरिकी आकाशमा तीनवटा सम्भावित वस्तुहरू देखिएका छन् ।
अमेरिका, क्यानडा र ल्याटिन अमेरिकाको आकाशमा चीनको संदिग्ध जासूस बेलुन देखा परेपछि त्यहाँ हंगामा मच्चिएको थियो । अमेरिकी राज्य मोन्टानामा देखिएको बेलुनको साइज तीनवटा बस बराबर थियो ।
अमेरिकी रक्षा मन्त्रालयले यो जासुसी बेलुनबाट मानिसलाई कुनै खतरा नरहेको बताएको थियो । तर पनि अमेरिकी वायुक्षेत्रमा देखिएको यो बेलुन विगत केही दिनदेखि देखिएको थियो । अमेरिकी सैन्य विमानबाट पनि निगरानी भइरहेको थियो ।
चीनको जासुसी बेलुन उडिरहेको मोटान्ना क्षेत्रमा अमेरिकाको आणविक मिसाइल क्षेत्र छ। अमेरिकी सेनाले जासुसी बेलुन ती संवेदनशील क्षेत्रहरू हुँदै चीनलाई धेरै महत्त्वपूर्ण जानकारी दिने आशंका गरेको थियो। तर त्यो बेलुनको साइज निकै ठुलो भएकाले भग्नावशेष तल खस्ने डर थियो, त्यसैले त्यसलाई खसाल्ने निर्णयमा ढिलाइ भएको थियो ।