काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा धेरै चन्दा प्राप्त गरेको छ ।
एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स अर्थात् एडीआरको रिपोर्ट अनुसार भाजपाले २०२१–२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको जनाएको हो ।
एडीआर रिपोर्टका अनुसार २०२१–२२ मा भाजपाले भारु ६१४ करोड रुपैयाँ र कांग्रेसले ९५ करोड रुपैयाँ चन्दा प्राप्त गरेको छ । यसबारे भाजपा र कांग्रेस आफैंले जानकारी गराएका हुन् ।
यो रकम ४९५७ चन्दाबाट प्राप्त भएको भाजपाले जनाएको छ । अर्कोतर्फ कांग्रेसले १२५५ चन्दाबाट उक्त रकम प्राप्त गरेको जानकारी गरायो । समाचार एजेन्सी पीटीआईका अनुसार एडीआरले आफ्नो रिपोर्टमा कांग्रेस, एनसीपी, सीपीआई, सीपीआई (एम), एनपीईपी र एआईटीसीले प्राप्त गरेको चन्दाभन्दा तीन गुणा बढी चन्दा भाजपाले प्राप्त गरेको बताएको छ ।
मायावतीको बसपाले २०२१–२२ मा २० हजार रुपैयाँभन्दा बढी चन्दा पाएन् । जानकारी अनुसार २०२१–२२ मा राष्ट्रिय दलहरूले प्राप्त गरेको चन्दा ३१ प्रतिशतले बढेर १८७ करोड पुगेको छ ।