काठमाडौं । हाम्रो शरीरमा आफै रोग आउँदैन । हाम्रो खानपानका माध्यमबाट नै रोक प्रवेश गर्ने हो ।

कुन खानेकुरा कुन बेला खाने र कुन बेला नखाने भन्ने नजान्दा हामीले दुख पाइरहेका छौ । आज स्वास्थ्यका लागि लाभदायी चुकन्दरका बारेमा कुरा गर्दैछौ ।

चुकन्दर सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी मात्र हैन मृत्युको मुखमा पुर्याउँछ । जुन यहाँ जान्नुहोस् ।

कम रक्तचापमा नखानुहोस् : मानिसको रक्तचाप तलमाथी भइरहेको हुन्छ । रक्तचाप कम हुँदा चुकन्दरको सेवन गर्नुहुँदैन । उच्च रक्तचापमा तपाईं यसलाई खान सक्नुहुन्छ तर कम हुँदा नखाएकै राम्रो । चुकन्दरले रक्तचापलाई कम गर्ने भएकाले यस्तो गर्न सुझाइएको हो ।

गर्भवती महिलाका लागि हानिकारक : गर्भवती महिलालाई पनि चुकन्दरको सेवन नगर्न सल्लाह दिइन्छ । यसको अत्यधिक मात्रा गर्भवती महिलाका लागि खतरनाक हुनसक्छ ।

मृगौलामा पत्थरी भएको अवस्थामा : मृगौलामा पत्थरीको समस्या छ भने चुकन्दर खाँदा तपाईंलाई हानी हुनेछ । यसले पत्थरीलाई बढाउने काम गर्छ । चुकन्दरले आइरनको कमी पूर्ती त गर्छ तर यसमा अक्सलेटको मात्रा अत्यधिक हुन्छ । अक्सलेटको सेवन अत्यधिक गर्दा मृगौलामा पत्थरीको समस्या बढ्ने गर्छ । जसलाई पहिले नै पत्थरीको समस्या छ, चुकन्दरको सेवनले यो समस्या बढाउन सक्छ ।

हुनसक्छ एलर्जी : चुकन्दरमा भिटामिन, एन्टिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, पलीफिनोल्स र डायट्री फाइबरसहित विभिन्न पोषक तत्व पाइन्छन् तर यसका कारण केही मानिसहरुलाई एलर्जी पनि हुनसक्छ । यसले छालामा डाबर आउने समस्या निम्तिन सक्छ । चुकन्दर खाएपछि कुनै पनि प्रकारको एलर्जी वा छालामा डाबर देखिए यसको सेवन बन्द गरेर डाक्टरको सल्लाह लिनुहोस् ।

ब्लड सुगरको स्तर बढाउन सक्छ : चुकन्दरको सेवन गर्दा ब्लड सुगरको स्तर बढ्न सक्छ । जसलाई मधुमेहको समस्या छ, उनीहरुले चुकन्दरको सेवन बिर्सेर पनि गर्नु हुँदैन । यसको ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ जसले तपाईंलाई हानी गर्नसक्छ ।

कलेजोलाई क्षती : चुकन्दरको अत्यधिक सेवनले कलेजोलाई क्षती पुर्याउन सक्छ । चुकन्दरमा कपर, आइरन, फस्फोरस, म्याग्नेसियमको उच्च मात्रा हुन्छ । यो तपाईंका लागि फाइदाजनक त हुन्छ तर यसको अत्यधिक सेवनले यी सबै कुरा कलेजोमा गएर जम्मा हुन थाल्छन् । यसले कलेजोलाई क्षती पुर्याउँछ ।

 

सम्बन्धित खबरहरु