काठमाडौं । राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमति अनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो ।

यद्यपि पछिल्लो समय माओवादी केन्द्र र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।

एमालेले राष्ट्रपति आफूहरुले पाउने सहमति भएका कारण आफ्ना उम्मेदवारले जित्नुपर्ने अडान राखिरहेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गर्ने भन्दै आउँनुभएको छ ।

 

सम्बन्धित खबरहरु