काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ परेका छन् । गायक प्रमोद खरेलसहित ४ जना कलाकारको उजुरीपछि रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

रेग्मीमाथि सामाजिक सञ्जालमामा विभिन्न कलाकारविरूद्ध छाडा गाली गर्नुका साथै अपशब्द प्रयोग गरेर कलाकारहरूको चरित्रहत्या गरेको आरोप छ । उनी थाइल्याण्डबाट नेपाल फर्केका थिए, सोही मौकामा प्रहरीले समातेको हो । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने छ ।

संचालक रेग्मीले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको फोटो राखेर ‘म संगको व्यक्तिगत इगो साध्न,मेरो निर्दोष परिवारमाथि हात हालेका यी हस्ताक्षरहरु जीवनभर भुल्ने छैन ।’ भनेर लेखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् ।

सम्बन्धित खबरहरु