In these places there is a gigolo market, rich women give the asking rate after looking at the length
काठमाडौं । बढ्दो आर्थिक संकटबीच अहिले दुनियाँभर जिगोलो फस्टाउँदै गएको छ । नेपालमा पनि जिगोलो फस्टाउँदै गएको धेरैको अनुमान छ । आज हामी छिमेकी मुलुक भारतको कुरा गर्न गइरहेका छौँ । भारत, दिल्लीमा केही क्षेत्र यस्ता छन् जहाँ केटाहरूलाई राति १० बजेपछि जान गाह्रो हुन्छ ।
केटीहरूलाई भने कुनै समस्या हुँदैन् । केटाहरू ती क्षेत्रमा जान डराउँछन् । वास्तवमा त्यहाँ महिलाको होइन पुरुषको बोली लाग्छ । दिल्लीमा यस्ता धेरै ठाउँ छन्, जहाँ साँझपछि मात्रै पुरुषको बजार सजिन्छ । ती क्षेत्रहरूलाई जिगोलो मार्केट भनिन्छ । त्यहाँ धनाढ्य घरका महिला यौन प्यास मेटाउने पुरुष किन्न आउँछन् ।
‘जिगोलो मार्केट’ मा, पुरुषहरूलाई मागेको मूल्य दिइन्छ । यो सबै कारोबार राति १० बजेपछि सुरु भएर बिहान ४ बजेसम्म चल्छ । यो व्यवसाय गोप्य रुपमा भएपनि दिल्लीका धेरै क्षेत्रमा खुलेआम हुन्छ । त्यहाँको सरोजिनी नगर, लाजपत नगर, पालिका मार्केट, कमला नगर मार्केट लगायतका धेरै क्षेत्रमा रात परेपछि पुरुषको बेचबिखन हुने गरेको छ ।
केही घन्टाका लागि जिगोलो बुकिङ गर्दा रु ३ हजारदेखि ५ हजासम्म र रातभरको डिल रु १२ देखि १५ हजारसम्ममा हुन्छ । दिल्लीका धेरै युवाहरूले यो व्यवसायलाई आफ्नो पेशा बनाएका छन् । कतिपयले आफ्नो आवश्यकता पूरा गर्न यस्तो काम गर्नुपरेको छ । त्यहाँ किनबेचको काम पूर्णतया व्यवस्थित तरिकाले हुन्छ ।
बेच्ने व्यक्तिले आफ्नो कमाइको २० प्रतिशत आफ्नो संस्थालाई दिनु पर्छ, जसमा उनी आबद्ध हुन्छन् । पुरुष पहिचान गर्न, जिगोलो रुमाल र पट्टा घाँटीमा बाँधिन्छ । यो उनीहरुको पहिचान हो । कुन केटा कति महँगो छ भन्ने कुरा रुमालको लम्बाईले थाहा हुन्छ ।